अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी


 



काठमाडौं, भदौ १७
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् ।

एकताको २१ औं राष्ट्रिय सम्मेलन अन्तर्गत भएको निर्बाचनमा शनिबार विहान सम्पन्न मतगणनाबाट आफ्ना प्रतिशपर्धी अनिल शर्मालाई २१ मतले पराजित गर्दै तामाङ अध्यक्षमा विजयी भएका हुन् ।

त्यसैगरि उपाध्यक्षहरुमा खुलामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उनले आफ्ना प्रतिशपर्धी खेमबहादुर सिंहलाई पराजित गरे । उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । उपमहासचिवमा महिला कोटाबाट आशा तमु यसअघि नै निर्विरोध निर्वाचित भइएसकेकी थिइन् । कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।

खुला सचिवमा डीबी साउद, नरेश रेग्मी र महिला कोटाको सचिवमा गंगा दाहाल विजयी भइन् । अखिल क्रान्तिकारीमा १६ जना सचिव चुनिएका छन् । यससंगै भदौ ७ गतेदेखि सुरु भएको सम्मेलन नेतृत्व चयन गर्दै शनिबार सकिएको छ ।

चुनाव विद्यार्थी संगठनको भएपनि माओवादी केन्द्रका नेताहरुले यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । अध्यक्षका प्रत्याशी मध्ये अनिल शर्मालाई जनार्दन शर्माले समर्थन गरेको र रञ्जितलाई वर्षमान पुनले खुलेर समर्थन सहयोग गरेको समाचार सार्वजनिक भएका थिए ।

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्