केन्यामा राष्ट्रपतीय निर्वाचन बदर, ६० दिनभित्र अर्को चुनाव



केन्या, भदौ १७
अफ्रिकी मुलुक केन्याको सर्वोच्च अदालतले गत महिना भएको राष्ट्रपतीय निर्वाचनको नतिजालाई बदर घोषित गरिदिएको छ ।
अदालतले राष्ट्रपतिको चयन गर्न ६० दिनभित्र अर्को चुनाव गर्न आदेशसमेत दिएको छ ।

६ जनामध्ये ४ जना न्यायाधीशले निर्वाचन अवैध भन्दै त्यहाँको निर्वाचन आयोगले संवैधानिक रुपमा निर्वाचन नगराएको ठहर गरेका हुन् ।

यसअघि भएको निर्वाचनमा निर्वाचन आयोगले उहुरु केन्याटा विजयी भएको घोषणा गरेको थियो । केन्याटाले १४ लाख भोटको अन्तरले जित्नुभएको दाबी निर्वाचन आयोगले गरेको थियो ।

मुख्य विपक्षी गठबन्धनले गत महिना भएको निर्वाचनमा जालझेल गरिएको भन्दै निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्चको फैसलापछि वरिष्ठ नेता राइला ओडिंगाको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले निर्वाचन आयोगका सदस्यहरुले केन्याली जनताविरुद्ध ठूलो अपराध गरेकाले उनीहरुलाई जेल सजाय दिनुपर्ने माग गरेका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News