खरिदार र नासुका लागि पनि प्रारम्भिक परीक्षा पास गर्नुपर्ने


 


काठमाडौ, साउन ८
नेपाल सरकारको नायब सुब्बा र खरिदार पद (अप्राविधिक)का लागि प्रारम्भिक परीक्षा पनि पास गर्नु पर्ने भएको छ। राजपत्रअनकिंत प्रथम श्रेणीको नासु र द्वितीय श्रेणीको खरिदार पदका लागि यसअघि  एक चरणमा मात्र परीक्षा सञ्चालन हुने गरेको थियो। राजपत्रांकित तृतिय श्रेणीको शाखा अधिकृत पदका लागि प्रारम्भिक परीक्षा पास गरेका उम्मेद्वारले मात्र दोस्रो चरणको परीक्षामा सहभागी बनाइन्थ्यो।
लोकसेवा आयोगले विज्ञप्तिमार्फत ‘अत्याधिक मात्रामा दरखास्त पर्ने नायब सुब्बा वा सो सरह र खरिदार वा सो सरह (अप्राविधिक तर्फ) का पदहरुको लागि परीक्षा सञ्चालन सम्बन्धी कार्यहरुमा अत्याधिक श्रम, लागत र समय लाग्ने भएकोले उक्त पदहरुको लागि प्रथम र दोस्रो चरणको परीक्षा सञ्चालनको व्यवस्था गरेको‘ बताएको छ।
लोकसेवा आयोगले सार्वजनिक गरेको २०७२/०७३ सालको कार्यतालिका अनुसार नासुको प्रारम्भिक परीक्षा फागुनमा हुनेछ भने त्यसको नतिजा चैतमा प्रकाशित हुनेछ। दोस्रो चरणको परीक्षा वैशाखमा सञ्चालन हुनेछ। खरिदारको प्रारम्भिक परीक्षा चैतमा हुने र नतिजा वैशाखमा आउने छ। खरिदारको दोस्रो चरण परीक्षा जेठमा हुनेछ।

प्रकाशित मिति: ८ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्