एनआरएन पोर्चुगलको प्रबक्तामा लालबहादुरको दाबी


 


पोर्चुगल, भदौ १९
एनआरएन पोर्चुगलको केन्द्रिय सदस्यमा म्याग्दी भुरुङका लालबहादुर नेपालीले उम्मेदवारी दिएका छन् । म्याग्दीको भुरुङ तातोपानी गाविसमा २०३० सालमा जन्मिएका नेपालीले एनआरएन पोर्चुगलेको प्रबक्ताको दाबी समेत गरेका छन् ।

नेपाली राष्ट्रबादी मिलन केन्द्रका महामन्त्री एंव राप्रपा नेपालका पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् । नेपाली सामाजिक अभियन्ताका रुपमा समेत परिचित नाम हो । उनि विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन्  ।

२०५४ मा चर्चित टेलिचलचित्र कालीगण्डकीको सेरोफेरोको निर्मात समेत रहेका लालबहादुरले दर्जनौ सम्मान, पुरस्कार र अभिनन्दन पाएका छन् । उनले वीरेन्द्र ऐश्वर्य पदक लगायतका पदकहरु समेत प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्