सुनको भाउ तोलामा थप तीन सय बढ्यो


 


काठमाडौं, भदौ २०
केही दिनदेखि नेपाली बजारमा सुनको भाउ बृद्धि भइरहेको छ । आज सुन ताेलामा थप तीन सय रुपैया बृद्धि हुँदै ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्