नेपाल आइडलमा यो हप्ता भोट गर्दा पैसा नलाग्ने, यसरी गर्नुस् भोट


 


काठमाडौं, भदौ २०
एपीवान टेलिभिजनबाट प्रत्येक हप्ताको बिहिबार र शुक्रबार प्रसारण भइरहेको नेपाल आइडलमा यो हप्ता भोट गर्दा पैसा नलाग्ने भएको छ ।नेपाल आइडलका आयोजकले नेपाल आइडलको अफिसियल फेसबुक पेजमा एक सन्देश जारी गर्दे यस्तो जनाएको हो ।

गत हप्ताको नो एलिमिनेशन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै साजिक सञ्जालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिङको व्यवस्था गरेको हो ।

नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने आयोजकले जनाएको छ । यसअघि नेपालबाट आइडलमा एप मार्फत भोट गर्ने व्यवस्था थिएन । विदेशमा भने एप मार्फत भोटिङको व्यवस्था गरिएको थियो ।

नेपाल आइडलमा अहिले चार प्रतियोगी बाँकी रहेका छन् । बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र सागर आले आइडलमा बाँकी रहेका टप चार प्रतिस्पर्धी हुन् । यी चार मध्ये अबको शुक्रबार एकजना आउट हुँदैछन् ।

गत शुक्रबार नै एक जन आउट हुनु पर्ने भए पनि थप एक हप्ताका लागि चारै प्रतिस्पर्धी सुरक्षित गरिएपछि सामाजिक सञ्जालमा विरोध स्वरुप हंगामा भएको थियो । नेपाल आइडलको ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारको राजधानी दोहमा हुने भएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्