माअाेवादीले कार्यकारी अधिकृतलाई कालाेमाेसाे दले



चितवन, साउन १०

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई अाइतबार बिहान कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् ।

सापकोटाले भ्रष्टाचार गरेकाले कालोमोसो दलेर सचेत गराइएको जिल्ला सेक्रेटरी महेश चौधरीले बताए । चेतावनीस्वरुप कालोमोसो दलेकोे उनले बताए ।

घटनापछि छरिएको पर्चामा सापकोटाले जनताको करबाट उठेको रकमलाई भ्रष्टाचार गरेको, इमान्दार कर्मचारीलाई पाखा लगाएर भ्रष्टलाई संरक्षण गरेको, नगरपालिकाको जग्गा खरिदमा भ्रष्टाचार गरेको, ग्रेडर किन्ने पैसा नभएको नगरपालिकामा एक करोड ६३ लाख रुपैयाँको गाडी किनेको, नगरपालिकामा खुलेको नायब सुब्बाको दरबन्दीमा आफ्नी श्रीमतीलाई राख्नका लागि साँठगाँठ मिलाएको लगायतका आरोप लगाइएको छ ।

कार्यकारी अधिकृत सापकोटालाई जग्गा र गाडी खरिदमा अनियमितता गरेको भन्दै अन्य दलले समेत बहिष्कार र विरोध गर्दै आएका छन् । कालोमोसो दलेपछि कार्यालयबाट बाहिरिएका कार्यकारी अधिकृत सापकोटा सम्पर्कमा आउन चाहेनन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News