एनआरएनए जर्मनीको कोषाध्यक्षमा निनाम्मा राईको उम्मेदवारी


 


काठमाडौं, भदौ २१
आगामी आइतबार हुन लागेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको कोषाध्यक्ष पदमा निनाम्मा राईले उम्मेदवारी दिनु भएको छ ।

आगामी दुई बर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनमा राईले कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो । भोजपुरको साबिक बासिखोरा गाविस–५ मा जन्मनु भएकी राई जननायक रामप्रसाद राईकी नातिनी हुनुहुन्छ ।

एक दशकदेखी जर्मनीमा बसोबास गर्दे आउनु भएकी राईले आफूलाई मतदान गरी विजयी गराउन मतदाताहरुसँग आग्रह गर्नुभएको छ ।निर्वाचनका लागि करिब १३ सय मतदाता रहेका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्