गर्लफ्रेण्ड बनाउने हो ? त्यसो भए यी ५ टिप्स प्रयोग गर्नुहोस्


 


हरेक केटा मान्छे आफ्नो केटी साथी होस् भनेर चाहन्छ । अझ भनौ गर्लफ्रेण्डको खोजीमा उ भौतारिरहेको हुन्छ । तर चाँहदैमा सबै कुरा प्राप्त हुन्छ भन्ने पनि त छैन् ।

केटाले केटीलाई मन पराउनु कुने नौलो कुरा होइन । यो त प्राकृतिक नियम नै हो । केटा होस् वा केटी विपरित लिंगी प्रति आकर्षित हुन्छन् नै ।

तपाईलाई कुनै केटी मनपर्छ भने आफ्नो बनाउने प्रयास तपाइलाई पक्कै लागेको हुनुपर्छ । यदि त्यसो हो भने यहाँ ५ टिप्स दिइएको छ । यसलाई पछ्याउने कोशिस गर्नुहोस्

१. आँखामा आँखा

कुनै पनि मन परेको केटीलाई आफ्नो बनाउने पहिलो कुरा भनेको उसको आँखामा आँखा राखेर कुरा गर्नु पर्छ । शुरुमा यता उता आँखा घुमाएपनि मन परेको मान्छेलाई सँधै आँखामा आँखा राखेर कुरा गर्नु पर्छ ।

२. ब्यवहार

तपाइँ कुनै पनि केटीसँग रुखो ब्यवहार गर्नु हुन्छ भने तपाइँसँग टाढिन्छन् । सके सम्म हाँसि खुसीरुपमा प्रस्तुत हुनुस् र इम्प्रेस गर्ने कोशिस गर्नुस् । तर बढी नै हाँस्नु पनि राम्रो मानिँदैन ।

३. आत्म विश्वास

कुनै पनि केटीलाई मन पराउनु हुन्छ भने उसलाई देखेर आत्म विश्वास नगुमाउनुस् । केटीले वेवास्ता गर्दा शुरुमा केही कठिन भएपनि उनलाई मनाउने कोशिस गर्नुस् । आत्म विश्वास कायम राखे मन परेको मान्छेलाई आफ्नो बनाउन सकिन्छ ।

४. ठिक्क चासो राख्नुस्

कुनै पनि ब्यक्तिसँग नजिक हुन उसको बढी नै चासो लिनु पनि राम्रो मानिन्न । धेरै चासो राख्दा मान्छे टाढिने खतरा समेत हुन्छ । अरुको बढी चासो लिँदा मानिसहरु हाम्रो चासो लिन नै छोड्दिन्छन् ।

. समय दिनुस्

कुनै पनि मानिससँग नजिक हुनका लागि आफ्ना मात्र कुरा नराख्नुस् उनको कुरा पनि राख्ने मौका दिनुस् । आफ्नो कुरा मात्र राख्दा सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्