एनआरएनए जर्मनीको अध्यक्षमा विजय मोक्तानको उम्मेदवारी


 


काठमाडौं, भदौ २२
गैर आवसीय नेपाली संघ (एनआरएन) जर्मनीको आइतबार हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा विजय मोक्तानले उम्मेदवारी दिएका छन्  ।

दुई बर्षको लागि हुन लागेको निर्वाचनमा सिन्धुपाल्चोकका मोक्तानले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । सामाजिक क्षेत्रमा सक्रिय मोक्तान जर्मनीको बख्खुम शहरमा दुई दशक देखि बसोबास गर्दे आएका छन् ।

आफु गैर आवासीय नेपाली संघ जर्मनीको संस्थापक सदस्य भएकोले आफूलाई अध्यक्षमा चयन गरी नेतृत्व गर्ने मौका दिन जर्मनमा रहेका नेपालीहरूलार्इ मोक्तानले आग्रह गरेका छन् । आइतबार हुने निर्वाचनका लागि करिब १३ सय मतदाता रहेका छन् ।

एनआरएनए जर्मनीको स्थापना सन् २००४ देखि आवद्ध भएका मोक्तानले २००९ सालमा एनआरएनए जर्मनीको आईसीसी सदस्यको उम्मेद्वार बनेका थिए । तर सहमतिको क्रममा कुमार पन्तलाई आईसिसिको जिम्मेवारी दिएका थिए ।

अध्यक्ष दिल गुरुङ्गलाई बनाएर मोक्तान कार्यकारी सदस्यमा रही संस्कृतिक संयोजकको भूमिकाको जिम्मेवारी पुरा गरेका थिए ।

एनआरएनए जर्मनीलाई एक ढिक्का बनाउन मोक्तानको भूमिका अतुलनिय छ । मोक्तानले एनआरएनए जर्मनीको सिफारिसमा २०११–२०१३ कार्यकालमा नेपाली उत्पादन बिदेशमा प्रबर्धन कार्यदलको सदस्यमा नियुक्ति भएर आफ्नो जिम्मेवारी पुरा गरेका थिए ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्