Deshko News
१२ मंसिर २०८०, मंगलबार

राजकुमार थामीको गीति एल्बम् ‘सेवा ढोग छ, भूमे देवालाई’ बजारमा


 


राजकुमार थामीको गीति एल्बम् ‘सेवा ढोग छ, भूमे देवालाई’ बजारमा सार्वजनिक भएको छ । शब्द तथा लय राजकुमार थामी कै रहेको यस एल्बमका गीतहरुमा मनु थामी र उनी स्वयम्ले आवाज दिएका छन् ।

कुनै समय आफूले आफ्नो थर थामी बताउँदा दलित भनेर अभद्र व्यवहार गरेको पिडा सम्झदै उनी भन्छन्, सबै जातभात एकै हौं, तर कुनै समय थियो, आफ्नो थर थामी भन्दा उनीहरु एकैछिन सोच्न बाध्य हुन्थे । सबै जातजाती एकै हौं ।

मेरो जात, मेरो धर्म, मेरो संस्कार बारे धेरैलाई थाहा नहुँदा जातिय अपहेलना खेप्नु परेकोले आफ्नो जातिय पहिचानको सम्बद्र्धनमा टेवा पुग्ने उद्येश्यले यो एल्बम् प्रकाशनमा ल्याएको हुँ, – उनले भने ।

सेवा ढोग छ, भुमे देवालाई एल्बममा सबै गीतहरु नेपाली भाषामा रहेका छन् । सबै नेपालीले थामी जातीको ऐतिहासिक, सांस्कृतिक र धार्मिक विषयवस्तुबारे केही कुरा बुझुन् भन्ने उद्येश्यले ती कुराहरुलाई गीतिशैलीमा उतारिएको उनले बताए ।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्