कतारमा अलपत्र सात जना नेपालीको उद्धार


 


काठमाडौं, भदौ २४
कतारमा अलपत्र परेका सात जना नेपालीको उद्धार गरिएको छ। गुल्मी मदानेका राजेश घर्ती, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, वीरबहादुर खड्का, सुर्खेतका जीतबहादुर वीक, भोजपुरका इरज राई र संखुवासभाका पुष्प भारतीको उद्धार गरिएको हो ।


उनीहरूको कतारमा बस्दै आएका बुटवलका लिला जीसीको समन्वयमा उद्धार गरिएको हो । उद्धार गरिएका सबैलाई आज (शनिबार) नेपाल फर्काउने तयारी भइरहेको छ । यसअघि पनि कतारमा अलपत्र परेका २० जनाको उद्धार गरी नेपाल पठाइएको थियो । राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु पाँच महिनासम्म तलब नपाएपछि अलपत्र परेका थिए ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्