नाकाबन्दीबारे कतारी राजा र अमेरिकी राष्ट्रपतिबीच छलफल, के भयो सहमती ?



कतार, भदौ २४

कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्ता मार्फत् समस्याको समाधान गर्न सकिने उहाँको भनाइ रहेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ ।

कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा खाडी समस्याको पछिल्लो अवस्थाका बारेमा छलफल भएको समाचारमा जनाइएको छ ।

उहाँहरू दुवै जनाले क्षेत्रीय सुरक्षा र स्थायीत्वका लागि पनि सरोकारवालालाई राखेर कुटनीतिक तवरबाट समाधान निकाल्नु पर्नेमा जोड दिनुभएको थियो ।

कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्ता मार्फत् समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताउनु भएको थियो ।

उहाँहरुका बीचमा विभिन्न क्षेत्रमा दुई देशको राणनीतिक साझेदारीलाई कसरी अझ बलियो र फराकिलो बनाउने भन्ने बारेमा पनि छलफल भएको छ । खाडी राष्ट्रहरूमा देखिएको विवाद सममाधान गर्न भन्दै कुवेतले गत जुन पाँच देखि मध्यस्थकर्ताको रूपमा प्रयास गरिरहेको छ ।

साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएइ), बहराईन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । उनीहरूले जमिन, समुद्र र हवाइ सम्पर्क समेत बन्द गरेका छन् । कतारले आतङकवादीहरूलाई सहयोग गरेको भन्दै ती देशहरूले कतारसँगको नाकावन्दी गरेका हुन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News