कतारमा अलपत्र परेका भोजपुरे युवा सहित सात जनाको उद्धार


 


काठमाडौं, भदौ २४
कतारमा अलपत्र परेका सात जना नेपाली युवाहरुको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकाहरुमा भोजपुरका इरज राई, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, बिरबहादुर खड्का, संखुवासभाका पुष्प भारती, गुल्मीका राजेश घर्ती, सुर्खेतका जीतबहादुर विकको उद्धार गरिएको हो ।

उनिहरुको कतारमा बस्दै आएका बुटवलका लिला जिसीको समन्वयमा उद्धार गरिएको हो । उद्धार गरिएका सातै जनालाई आज नेपाल फर्काउन तयारी छ ।

यसअघि पनि कतारमा अलपत्र परेका २० नेपालीको उद्धार गरेर नेपाल पठाइएको थियो । राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु पाँच महिनासम्म तलब नपाएपछि अलपत्र परेका थिए ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्