युएईमा भोजपुर हातेमालो समाजको उद्घाटन


 


तिर्थ योञ्जन
युएई, भदौ २४
भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई आएका युवाहरूको सक्रियतामा गठन भएको भोजपुर हातेमालो समाज युएईको उद्घाटन भएको छ । शुक्रबार पहिलो औपचारिक परिचयात्मक कार्यक्रम सहित समाजको विधिवत उदघाटन भएको हो ।

कार्यक्रमको उद्घाटन सभापति ज्ञानेन्द्र राई र प्रमुख अथिति चन्द्रकला राईले दिप प्रज्वलन सहित केक काटेर गर्नु भएको थियो ।

भोजपुरबाट आएका युवाहरुको सक्रियतामा गठन भएको समाजले जिल्लामा आइपर्ने प्राकृति तथा दैविक विपत्तिमा सहयोग गर्ने जनाएको छ । समाजले जिल्लाको विकासमा सहयोग गर्ने उदेश्य रहेका समाजका महासचिव तिर्थ योञ्जनले बताउनुभयो ।

यसैगरी बिधान निर्माण समिति का संयोजक अवातार योन्जन, सदस्य टिकाराम बराइली तदर्थ समिति उपाध्यक्ष प्रेम शेर्पा, सल्लाहकार सदस्य फुर्वा शेर्पा र विधान मस्यौदा सह–संयोजक टीकाराम श्रेष्ठ लगायतका व्यक्तिहरुले समाजले सबैलाई समेटेर , निष्पक्ष, पारदर्शिता र सकारात्मक ढंगले सामाजिक कार्य हरुमा टेवा पुर्याउदै अगाडि बढाउन आग्रह सहित शुभकामना दिएका थिए ।

समिति को तर्फबाट भोजपुर जिल्ला अस्पतालको सहयोगार्थ ह्विल चियर प्रदान गर्ने विधान निर्माण समितिका संयोजक अवतार योन्जनले जानकारी दिए ।

भोजपुर हातेमालो सेवा समाज युएईका तदर्थ समितिका अध्यक्ष ज्ञानेन्द्र राईको सभापतित्व तथा प्रमुख अतिथि चन्द्रकला राईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सञ्चालन लक्ष्मि राईले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष प्रेम शेर्पाले गर्नु भएको थियो । उहाँले समाजको बारेमा अवगत गराउनु भएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्