तालिवान र आइएस लडाकूद्वारा ३५ अफगानी नागरिकको अपहरण


 


अफगानिस्तान, भदौ २६

अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले आइतबार बताएका छन् ।

आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिड्दै गरेका ३५ जना सर्वसाधारण गाउँलेलाई अपहरण गरेका उनीहरूले बताए ।

अफगान सेनाका २०९औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी गर्नुभएको छ ।अफगानिस्तानमा तालिवान आन्दोलन कुनै समय शान्त रहेको उत्तरी अफगानिस्तानको यसै क्षेत्रबाट शुरु भएको थियो । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्