निशान भट्टराई पूर्वि नेपाल आउँदै, के–के छन् कार्यक्रम ?


 


मोरङ, भदौ २६
नेपाल आइडलको टप थ्री मा पुगेका निशान भट्टराई पूर्वि नेपाल आउने भएका छन् । निशान मंगलबार पूर्वि नेपाल आउन लागेका हुन् । नेपाल आइडल आयोजकका अनुसार उच्च सुरक्षाका साथ निशान पूर्वि नेपालको यात्रामा निस्कन लागेका हुन् ।

फाइनलमा पुगेका तीनै जन प्रतिस्पर्धीलाई प्रहरीसँगको समन्वयमा एयरपोर्टदेखी नै सुरक्षाको व्यवस्था मिलाइएको हो । नेपाल आइडलको अन्तिम तीनमा प्रवेश गरेका निशान करिब चार महिनापछि घर जान लागेका हुन् । उनको घर मोरङको उर्लाबारीमा छ ।

निशानले निकै लामो समयपछि घरपरिवार, आफन्त, साथीभाइ र पूर्वि नेपालका शुभचिन्तकसँग खुसी साट्न लागेका हुन् । पूर्वि नेपालका शुभचिन्तकले निशानका लागि मंगलबार हुने कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअनुसार विहान ८ः३० बजे विराटनगरको तिनपैनी चोकमा निशानको प्रस्तुती हुनेछ, त्यस्तै इटहरी चोकमा बिहान ११ बजे दोस्रो प्रस्तुती निशान दिनेछन् । १ः३० बजे धरानको भानुचोकमा प्रस्तुती दिएर निशान उर्लाबारी, दमक, बिर्तामोड, काकरभिट्टासम्म निस्कने कार्यक्रम तय भएको छ ।

निशानको समय मिलाएर थप सांगीतिक प्रस्तुती र भेटघाटको कार्यक्रम तय हुने बताइएको छ । नेपाल आइडलको फाइनल असोज ६ गते कतारको राजधानी दोहामा हुँदैछ ।

नेपाल आइडल हुनेले २० लाख नगद, महिन्द्राको केयुभी १०० गाडी र १५ लाखको एल्बम कन्ट्रयाक हुनेछ । त्यस्तै फस्ट रनअरपले १५ लाख र सेकेण्ड रनअरअपले १० लाख नगद पाउने छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्