एनआरएनए जर्मनीको अध्यक्षमा विजय मोक्तान निर्वाचित, कस्को मत कति ?


 


विजय माेक्तान

काठमाडौं, भदौ २६
गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको छैठौ अधिवेशनबाट अध्यक्षमा विजय मोक्तान निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा सिन्धुपाल्चोकका मोक्तानले ३०९, मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नवराज रोस्याराले २९७ मत ल्याए भने अध्यक्षकै प्रतिस्पर्धी यज्ञराज सुवेदीले २२५ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा हरि न्यौपाने र मिलन राज पन्त निर्वाचित भएका छन् । न्यौपानेले ४०६ र पन्तले ३९१ मत ल्याएर निर्वाचित भएका हुन् । उपाध्यक्षका उम्मेदवार खुम्ब रेग्मीले २८४ र प्रेमचन्द्र पोमुले ३७८ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा राधा (किरण) सिग्देल निर्वाचित भएकी छिन् । उनले ५४० मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्धन्दी शान्ति श्रेष्ठले २६० मत ल्याएकी थिइन ।

महासचिव टंक लम्साल

महासचिवमा टंक लम्साल विजयी भएका छन् । लम्सालले ४०८ मत ल्याउदै विजयी भएका हुन भने उनका प्रतिद्धन्दी कृष्ण देवकोटाले ३८८ मत प्राप्त गरे ।

निनाम्मा रार्इ

कोषाध्यक्षमा निनाम्मा राई सर्वाधिक मत ल्याउँदै विजयी भएकी छिन् । राईले ४३४ मत ल्याएर विजयी भएकी हुन् भने उनका प्रतिद्धन्दी पवित्रा पौडेलले १८७, चिरण श्रेष्ठ १५७ र चैत्य रत्न कंसाकारले ५३ मत प्राप्त गरेका थिए ।

आइसीसी सदस्यमा नारायण अधिकारी निर्वाचित भएका छन् उनले ४०२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेम सिंह गुरुङले ३९६ मत ल्याएका थिए ।

एनआरएनए जर्मनीको इतिहासमा यो पहिलो पटक निर्वाचन भएको हो । यसअघिका पाँचवटा अधिवेशन सहमतिबाटै भएका थिए ।जर्मनीका छ वटा सहरमा रहेका नेपालीहरुले मतदान गरेका थिए ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्