निशान भट्टराईको स्वागतमा पूर्वमा उर्लियो जनसागर (फोटो फिचर)


 


इटहरी, भदौ २७
नेपाल आइडलको टप थ्री मा पुगेका निशान भट्टराईको स्वागतमा पूर्वि नेपालमा जनसागर उर्लिएको छ । मंगलबार दिउँसो विराटनगर विमानस्थलमा हजारौंको संख्यामा निशानका समर्थक निशानको स्वागतका लागि पुगेका थिए ।

निशानले विराटनगरको कन्चनवारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजार र गृहनगर उर्लाबारी चोकमा आफ्नो प्रस्तुति दिएका छन् । विराटनगरमा भएको कार्यक्रममा निशानलाई हौसला प्रदान गर्न महानगरका मेयर भीम पराजुली आफैं पुगेका थिए ।

मेयर पराजुलीले निशान पूर्वको मात्र नभएर देशकै शान भएको बताउँदै नेपाल आइडल बनाउन पूर्णत सहयोग गर्ने बताए। निशानले आफूले नेपाल आइडलमार्फत् आफ्ना स्रोता, फ्यान र दर्शकको माया पाउन कुनै कसर बाँकी नराख्ने बताए। निशानले धरानमा समेत प्रस्तुति दिने छन् ।

निशान भटटराईलाई जनप्रतिनिधिको साथ

विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा स्वागत गरे । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले इटहरीमा आयोजित कार्यक्रममा स्टेजमै गएर भोट गर्न अपिल गरे ।

इटहरीका पूर्व मेयर सर्वध्वज साँवाले विहान एक कार्यक्रममा निशानलाई जीताउन सवैले आ–आफनो ठाँउवाट सहयोग गर्न आग्रह गरे ।

तस्बिर : लिलाराज भट्टराई/जीबी गजल

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्