पाँच स्थानमा खुल्यो गाडीको ट्रायल


 


काठमाडौं, साउन १३

यातायत व्यवस्था विभागले ठूला सवारी साधनका लाइसेन्स लिनका लागि ट्रायल खोलेको छ । ठूला गाडीको ट्रायल गत मंसिर महिनादेखि रोकिएको थियो।

केही महिनाअघि नै ठूला गाडीको ट्रायल खोल्ने तयारी विभागले गरेपनि भूकम्पका कारण रोकिएको थियो। काठमाडौंसहित लहान,कास्की,भेरी,सेतीमा एकैसाथ ट्रायल खोलिएको विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।

दाङमा केही समयपछि खोलिने उनले बताए । यातायत कार्यालय एकान्तकुनाले अहिले दैनिक एक सय जनालाई ठूला गाडीको लाइसेन्स वितरण गर्न सकिने बताएको छ ।

नारायणी र कोशीमा भने जग्गा विवाद कारण ट्रायल खोल्न नसकेको विभागले जनाएको छ । पर्सामा जग्गा भएपनि नेपाली कांग्रेसका अवरोधका कारण ट्रायल खोल्न नसकिएको स्रोतले बतायो ।

कांग्रेसका नेता अजय चौरसिया र अजय द्धिवेद्धी समूहले अवरोध गरेको भन्दै विभागले त्यहाँ ट्रायल खोल्न नसकिएको जनाएको छ । कोशीमा एक विद्यालयको जग्गा भाडामा लिए पनि पछिल्लो समय विद्यालयले राजनीतिक गर्न थालेको र जग्गा भाडामा नदिएपछि जग्गा खोजीको कार्य भइरहेको विभागले जनाएको छ । setopati बाट

प्रकाशित मिति: १३ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्