मलेसियामा एक नेपालीको मृत्यु



chakrabahadurमलेसिया, साउन १४

दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित भएपछि खत्री उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट मलेसियमा रहेका नेपाली पनि संक्रमित हुँदै आएका छ्न ।

खुल्ला ठाउमा काम गर्ने श्रमिक बढी पीडित हुने गरेका चिकित्सकहरु जानकारी दिएका छन् । अत्याधिक ज्वारो आउने, खाना नरुच्ने र जिउ दुख्ने डेङ्गुका लक्षण रहेका चिकित्सकहरुको भनाइ छ ।

सुरुवातमै उपचार गरे निको हुने भए पनि हेलच्याक्राइँका कारण ज्यान जाने चिकित्सकहरु बताउँछ्न । मृतकको शब पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।

स्रोत अन्नपूर्णपोष्ट डटकम

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News