बस्ने भन्दा उठ्ने मानिसको आयु लामो


 


आरामले बस्ने मानिसको भन्दा काम गर्ने मानिसको नै आयु लामो हुन्छ । यो कुरालाई अमेरिकामा भएको एउटा विश्लेषणात्मक अनुसन्धानले पनि पुष्टी गरेको छ ।

उक्त अध्ययन अनुसार जो व्यक्ति जति कम बस्छ त्यो त्यति बढी बाँच्न सक्छ । अनुसन्धान अनुसार दिनहुँ बस्ने अवधिलाई अधिकतम तीन घन्टामा सीमित गर्दा जीवन एक दशमलव चार वर्ष बढ्न सक्छ ।

यो अध्ययन भन्दा पहिले भएका विभिन्न अध्ययनहरुले पनि बढी समयसम्म बस्नु वा टीभी हेर्नुले स्वास्थ्य खराब हुने देखिनुको साथै यसले मधुमेह, मुटु रोग र हृदयाघातले गर्दा अकस्मात् मर्ने सम्भावना बढ्ने देखिएको थियो । सन् २००५ – २००६ र सन् २००९–२०१० को मानिसहरुको स्वास्थको तथ्यांक अध्ययन गरे ।

यो तथ्यांक अमेरिकी वयस्क कति समय बसेर बिताउँछन् र कति समयसम्म टीभी हेर्छन् जान्नलाई लिइएको थियो । विश्लेषणबाट थाहा भए अनुसार यदि बस्ने जम्मा समयलाई दिनहुँ तीन घन्टामा सीमित गरियो भने तपाईंको जीवन दुई वर्ष बढ्न सक्छ ।

यस्तै, टीभी हेर्ने समयलाई समेत दुई घन्टाभन्दा कम गरियो भने तपाईंको जीवन १.३८ वर्ष बढ्न सक्छ । एजेन्सी

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्