जर्मन चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वाचित


 


बर्लिन, असोज ९

जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित हुनुभएको छ ।

तर उहाँको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको बताइएको छ ।

उहाँले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ ।

प्राप्त समाचारहरुका अनुसार उहाँको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्काे दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ ।

विश्लेषकहरुले उहाँको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन् ।

तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ । त्यसैले मार्केलले सरकार गठनका लागि अर्काे दलको सहायता लिनुपर्ने छ ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्