एनअारएन दक्षिण कोरियामा अार्थिक काण्ड


 


shankar basnet
शंकर बस्नेत

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको सेप्टेम्बर ६ मा हुन लागेको अधिवेशन संगै चुनावी सरगर्मी बढदै गएको छ । हंङकङको गत साता भएको एन आर एन अधिवेशन प्रति टिप्पणी गर्दै अरेन्द्र गुरुंङले फेसबुकमा प्रतिकृया जनाए ।

आनन्द गुरुंङ “एन आर एन संस्था नै हुने खानेको भयो गत आईतबार हंगकंगमा यस्तै देखियो अध्यक्षको प्रत्यासीहरुले रु.२० देखि ३० लाख सम्म खर्च गरे २००डलर तिरेर सदस्य लिनुपर्नेमा उम्मेदवारले खोजी खोजि सदस्य बनाए आफै खर्च गरेर खाना र दारु पनि दिल खोलेर खर्च गरे ।

एन आर एन ले शुरु देखिनै खेप्दै आएको आलोचना यो धनाडिया र सुकिला मुकिलाको संस्था हो । शुरुमा उपेन्द्र महतोको अध्यक्षमा गैर आवासिय नेपाली संघ गठन गर्दा यसले यस्तै सुकिलाहरुलाई मात्र समेटेको थियो । विस्तारै विश्वमा रहेका मजदुर ,महिला र विधार्थीलाई समेटेर विश्वभरीको प्रवासीहरुको साझा संस्था भनेर यसलाई चिनायो ।

२००२ मा स्थापना भएको एन आर एन बाट नेपाल र नेपालीले धेरै आशा गरे । गत २०१३ मा पाँचतारे होटलमा धुमधामसंग अधिवेशन गर्दा सम्म यो आलोचना एन आर एन ले धेरै सुन्यो । गएको वर्ष एन आर एन अध्यक्ष बनेका शेष घलेले श्रमिक मजदुरको लागि १ करोड रुपैया घोषणा सहित श्रमिक मजदुर कोष बनाउन पहल गर्नु, एन आर एन ले आफ्नो छुट्टै घर निर्माण अभियान अगाडि बढाउनु , गत वैशाख १२ गते देशमा आएको महाभुकम्पको बेला शेष घले सहितका एन आर एन ले आफै समेत उपस्थित भएर तथा विश्वभरी भएका एनआरएन मार्फत भएको सहयोगले नेपाल र नेपालीहरुलाई एन आर एन प्रति आस्था बडाईदियो ।

नेपाल र नेपालीहरुको विश्वास एन आर एन प्रति बढदै जादा एन आर एन प्रति फेरि मजदुर अनि महिलाको एजेण्डा पछाडि परेका छन । सधै दोहोरो नागरिकताको लागि कराईरहने एन आर एन ले मजदुर वर्गको खास नियम र कानुनको लागि बोल्न सकेको छैन । कारण यही हो कि बाहिर जति टाउको देखाएपनि एन आर एन को नेतृत्वमा मजदुर छैनन ।

स्थापना कालदेखि राम्रो एजेण्डा बोकेर अघि बोकेको एन आर एन लोभी पापी ,भ्रष्ट अनि अपराधिहरुको जालमा पर्दै गएको छ । एन आर एन को लोगो दुरुपायोग गरेर आफ्नो व्यक्तिगत प्रचार गर्ने अनि आफ्नो व्यापारको प्रचार गर्ने देखि आफ्नो भ्रष्ट र अपराधि अनुहारमा मुकुण्डो लगाउन एन आर एन लोेगोको प्रयोग गरिरहेका छन ।

विश्वव्यापी बढदै गएको यो रोगबाट अहिले एन आर एन लाई जोगाउन हम्मे हम्मे परेको छ । हंककङका गुरुंगले गरेको यो प्रतिकृया मात्र हन बेलायत,अमेरिका ,ईजरायल जस्ता ठाउहरुमा एन आर एनको चिरा परेको अवस्थालाई यसले धेरै प्रष्टआएको छ ।

दक्षिण कोरियामा  सेम्टेम्बर ६ को अधिवेशन नजिक आउदै गर्दा यसले अनेक चर्चा परिचर्चा देखिन थालेको छ । जनु प्रकारले सउल र दोङदेमुनमा देखिएको गतिविधि विभिन्न राजनीतिक दलको चलखेलले यहाँको एन आर एन मा पनि खतराको संकेत देखिसकेको छ ।

मजदुर , महिला र विधार्थीलाई पेलेर जाने यहाँको केही आफूलाई एन आर एन भन्नेहरुले गतिविधिले ईजरायल र बेलायतको अवस्था नल्याउला भन्न सकिदैन । के यहा रहेका १०० भन्दा कम आइडि वालाहरुले आफूलाई एन आर एन भन्न मिल्छ । नेपाल सरकारमा दर्ता भएको एन आर एन को विधानले प्रष्ट रुपमा २ वर्ष भन्दा बढि नेपाल बाहिर रहेका नेपालीलाई शर्त सहित एन आर एन भनेको छ । तर यहाका केही पथभ्रष्ट मति भएकाहरुले आफूलाई मात्र एन आरएन भन्ने गलत प्रचार गरिरहेका छन ।

यदि यही प्रकारले प्रचार गर्ने हो भने यी १०० का हाराहारीमा रहेका आईडि र शरणार्थीको मुकुण्डो ओडेर दुई नम्बरी धन्दा गर्ने त कति देखा देखि दलाली गर्नेहरुको लागि छुट्टै एन आर एन को व्यवस्था गर्नुपर्छ । यिनीहरुले कोरियामा रहेका ३०हजार नेपालीको हितमा काम गर्न सक्दैनन । के गरेका छन ?

विरामीको अगाडि गएर फोटो खिचाएको भरमा , अरुले उठाएको पैसा दिएको भरमा हिरो हुने जमाना छैन ।

कसैले साच्चै काम गरेको छ भने मैले यो काम गरेको छु भनेर आसोस । मैले प्रष्ट रुपमा भन्नु पर्दा सउलमा एम टि यूमा काम गर्ने उदय राई देखि कोरियाका विभिन्न मजदुर सेन्टर , माईग्रेन्ट हाउसमा काम गर्ने नेपालीहरुले मजदुरहरुका लागि धेरै काम गरेका छन । अब मजदुरलाई अथवा मजदुरको हितमा साच्चै काम गर्नेलाई एन आर एनको नेतृत्व नदिने हो भने यो एन आर एन को कोरिया एन आर एनको हेसियत पतन भएर जाने छ ।

यसको लागि कोरियामा रहेका ३० हजार मजदुर एक भएर उठनु पर्छ । हिजो विरामी भएको बेला कसले गरयो? कानुनी लडाई पर्दा कसले सहयोग गरयो ? नेपाल र नेपालीको हितमा कसले काम गरयो । हाम्रो रकमलाई नेपालमा लगानी गर्ने वातावरण कसले सिर्जन गरयो ? कोरियामा कमाएको पैसा सदुपयोग गर्ने विषयमा कसले सहयोग गरयो यसलाई पर्वाह नगरी फेसबुकमा स्टाटस र फोटो राखेको भरमा कसैलाई छान्नु हाम्रो नै मुर्खता हो ।

आज जो दिनरात भात खुवाएर फर्म भराईरहेका छन । तिनीहरुको हैसियत के हो ?योग्यता के हो ?

 कोरियामा रहेका वृद्धिजिवी , विधार्थी, मजदुर , पत्रकार सबै यसमा एक जुट हुनुको विकल्प छैन  । आज २०हजार वनको फर्ममा विक्ने एक वोतर मेक्जु र मासु चिउरामा आफ्ना एजेण्डालाई विर्सने हो भने आफूलाई गणतन्त्र नेपालको विर गोर्खाली भनेर गर्व नगरे हुन्छ ।

लाछी , कायर , पछलग्गु भएर यसैगरी बसिरहने हो भने यी पथप्रष्ट , भ्रष्ट र दलालहरुले तपाईहरुलाई सधै शोषण गरिरहने छन । हिजो २००७ सालमा राणा शासन फाल्न उठेका नेपाली, २०४६ सालमा पंचायत फाल्न र २०६२÷६३ मा लोकतन्त्रको लागि लडाई लडेका हामी नेपाली अब कोरियामा हुने यो भष्ट र दलाल प्रवृत्तिको विरुद्ध एक जुट हुनु पर्दछ ।

आज राजनीति आस्थाको रुपमा, जातीय रुपमा ,धार्मिक रुपमा हामी विभाजित भएका छौं । कोरियामा आएर तपाई हामी जुन रुपमा श्रम गरिरहेका छौं सयौं वर्ष अघिको यो विभेदलाई हामीले मान्नु जरुरी छैन ।

आज क्षेत्री , वाहुन,लिम्बु,गुरुंग,तामांग,राई मगर,नेवार,थकाली ,मधेशी जे भए पनि दिनरात हामी समान श्रम गरेर मात्र आम्दानी गछौं । हामीले गर्नुपर्ने वर्गिय लडाईको अन्त भएको छैन । हामीलाई जातिय रुपमा जुधाएर पनि फाईदा उनीहरुले नै लिएका छन । तराईका जमिन्दारले नै मधेशीको शोषण गरे, पहाडका शोषकीले नै त्यहाका नेपालीलाई शोषण गरे ।

हामीले वर्गिय मुद्धा यसकारण उठाउन जरुरी छ कि आज क्षेत्री देखि गुरुंग,मगर तामांग सबै मलेशिया र खाडीमा पसिना बगाइरहन बाध्य हामी नेपाली हौं । क्षेत्री वाुहन संगै केही मधेशी र जनजातीहर हिजो पनि सत्तामा बसेकै थिए । आज पाउने ईन्जिनियरिंगको आरक्षण कोटामा पनि बेलायतको गुरुंगले आफ्नो छोरा पठाएर , हंककंगको लिम्बुले छोरीलाई डाक्टर पठाएर समस्याको समाधान हुनै सक्दैन । समस्या जातीगत होईन शोषकी र शोषित वर्गमा हो ।आज देशमा एउटा राजा गए पनि विभिन्न रुपमा छोटेराजाहरु सक्रिय छन ।  आज पनि अनेक रुपमा हामीलाई फुटाएर फाईदा हिजोका सत्ताधारीले नै लिएका छन । अब हामी वर्गिय रुपमा शोशित , पिडित मजदुर ,किसान, विधार्थी एक  हुनुको विकल्प छैन ।

एन आर एन ले हामी एक जुट नभए हाम्रो लागि केही गर्दैन । यिनीहरु त केही दिन होईन आफै लुटन लागिपरेका छन । दक्षिण कोरियामा यस अघि के पि सिटौंलाको अध्यक्षतामा बनेको कमिटिले दिएको आर्थिक हिसाव अधिवेशनमा पारित हुन सकेन । उनी आफै त्यसपछि आई सिसि सदस्य बने । यसरी आर्थिक विवादमा मुछिएको व्यक्ति उम्मेदवार हुन कहाँको नैतिकताले दिन्छ । कम्तिमा एक कार्यकाल पर्खेर सबै छानविन भएपछि उम्मेदवार हुन पनि त सकिन्थ्यो ।

समाजसेवी रुद्र शर्माको नेतृत्वमा बनेको लेखा छानविन समितिले के गरिरहेको छ ? अघिल्ले समितिको व्यक्ति उच्च पद आईसिसिमा बसे पछि यस समितिले काम गर्न नसक्ने निश्चित छ । आर्थिक विवादमा परेका व्यक्ति र त्यो पुरा कार्यसमितिलाई उम्मेदवार हुन बाट रोक्नु पर्दछ । हिसाब किताव पर्छयौट नभएसम्म यी दुई कार्यसमितिका पदाधिकारीहरुलाई उम्मदवार हुन नदिने नियम बनाउनु पर्दछ ।

अहिलेको कार्यसमितिले पनि यसको बारेमा किन कुनै पहल गरेन ? कोरियाको ख्यंगसांगनाम्दो क्षेत्रीय समितिमा समेत आर्थिक विवाद भएपछि लेखा समिति बनेको छ । यसको जिम्मा कसले लिने ?

अबको हुने अधिवेशनमा यो सबैको हिसाब किताव पुरा पर्छयौट हुन सकेन भने पुरानो र वर्तमान पुरै कमिटीका पदाधिकारीहरुलाई उम्मेदवार हुन अयोग्य गराउने नियम बनाउनु पर्छ । अनि मात्र यसले पदाधिकारीहरुलाई जिम्मेवार बनाउछ ।

राजनीतिमा लागेका , अध्ययन गर्ने विधार्थीलाई एन आर एन नमान्ने एन आर एन केन्द्रिय समितिले विधानमा भ्रष्ट, दलाल, र राष्ट्रले गैर कानुनी मानेको धन्दा गर्नेलाई उम्मेदवार हुन अयोग्य हुने नियम बनाउने हिम्मत गर्न सक्छ ?

। यस्तो नियम बनायो भने मात्र एन आर एन को अस्तित्व बच्ला नत्र  एन आर एन नत्र यही भ्रष्ट,दलाल र अपाराधीले एन आर एन को लोगो दुरुपयोग गरिरहन्छन सबैलाई चेतना भया ।

शंकर बस्नेतबाट थप

एन सी सी कोरियामा सहमतिको नेतृत्व आवश्यक

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्