काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट दुई मारिए



मुजफ्फरबाद, पाकिस्तान, असोज १८
प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको समाचार छ ।

उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।

सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ ।

सो झडपमा परी अरु दुई जना घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए ।

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो । रासस/एएफपी

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News