बिरालो पति मरेपछि कुकुरसँग बिहे !


 


हल्याण्ड– हल्याण्डकी डोमिनिक लेस्बिरेल नाम गरेकी युवतीले आठ वर्षअघि विरोलोसँग बिहे गरेकी थिइन । डोएरेक नाम गरेको सो बिरोले १९ वर्षको उमेरमा किड्नी फेल भएर मरेपछि डोमिनिक विधवा भइन् ।
 ४१ वर्षीया उनले आफ्नो जीवनलाई पुनः हराभरा बनाउने सोचेकी छिन् । यसका लागि उनले कुकुरलाई नयाँ पतिका रुपमा वरण गर्ने निश्चय गरेकी छिन् । आफूले पालेका मध्ये प्रिय कुकुरलाई पति बनाउने निश्चय आफूले गरेको उनले बताइन् । ‘अहिले तुरुन्तै म उनीसँग बिहे गर्दिन,’ कुकुरलाई सुम्मसुमाउदै उनले भनिन,’तर, केही समय पछि बिहे गर्ने तय गरिसकेकी छु ।’
आफूले जस्तै अरुले पनि घरमा पालेको कुकुरसँग बिहे गर्नुपर्ने उनी बताउँछिन् । ‘घरमा बाघ, भालु, चितुवा आदि पाल्नु भएको छ भने उनीहरुसँग बिहे गर्नुस भनेर म भन्दिन । तर हानी नगर्ने जनावर घरमै छन भने छन भने बेहुला खोज्न अन्त किने भौँतारिने ?’ उनको प्रश्न छ ।
बिहे गरेर घरमा पालेका जनावरप्रति प्रेम व्यक्त गर्न सकिने उनी बताउँछिन् । ‘मैले जनावरसँग प्रेम गरेको र बिरालोसँगको बिहेपछि कुकुरसँग बिहे गर्न लागेको खबर सुनेर केही क्रुद्ध मानिसले मलाई मार्ने धम्की दिए,’ उनी भन्छिन, ‘तर, कुकुरलाई दोस्रो पति बनाउनबाट मलाई कसैले रोक्न सक्दैन ।’
शुक्रबार साप्ताहिकबाट

प्रकाशित मिति: १९ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्