नेमकिपालाई चुनाबी तालमेलमा आउन एमालेको आह्वान



भक्तपुर ,  कात्तिक ७

नेकपा(एमाले)ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ ।

प्रेस चौतारी नेपाल भक्तपुरले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गर्नुभएको हो ।


एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गर्नुभयो । एमालेका युवा नेता बस्नेतले एमालेसँग चुनावी तालमेल गर्न नेमकिपासँग एमालेले पटक पटक आग्रह गरेको छ, अहिले पनि हामी तालमेलमा आउन आह्वान गर्छौँ भन्नुभयो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा रु पाँच अर्बको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै उहाँले ती रकमले विकासका काम निरन्तर भइरहेको बताउनुभयो । एमाले जिल्ला अध्यक्ष राजथलाले एमालेको आग्रह नेमकिपाका लागि अवसर भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News