मलेसियामा एक नेपालीको ज्यान गयो


 


मलेसिया, साउन २०

मलेसिया एक नेपालीको ज्यान गएको छ । इपोस्थित प्लाष्टिक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नलाङका सिजन गिरीको ज्यान गएको हो ।

मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त ले जानकारी दिएका छन् । गिरिको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्