न्यूजिल्याण्डमा अागलागि हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु


 


Untitledकाठमाडौं, साउन २०

न्यूजिल्याण्डमा आगलागीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । साउथ क्यान्टबरीको वाइमेटमा होटल व्यवसाय गरेर बस्ने तेज नारायण काफ्लेसहित उनकी पत्नी र छोराको मृत्युको छ ।

३९ वर्षीय काफ्लेकी पत्नी टिका काफ्ले र ९ वर्षका छोरा प्रेमको ज्यान गएको हो । आगलागीबाट उनका तीन जना जना छोरीले भने ज्यान जोगाएका छन् ।

२३ वर्षकी तुलसा, १६ वर्षकी मनिषा र १२ वर्षकी ममता आगलागीका कारण गम्भीर घाइते भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको टीमरु हस्पतालमा उपचार भइरहेको छ ।

क्वीन्स रोडमा उनीहरुले संचालन गरेको एभरेष्ट रेष्टुराँको भवनमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । रेष्टुराँको माथिल्लो तलामा सुतिरहेका बेला बिहानीपख आगलागी भएको थियो ।

काफ्लेकी माहिली छोरी मनिषाले झ्याल फुटाएर बाहिर निस्कि काकालाई फोन गरेकी थिइन् । त्यसपछि मात्र प्रहरी र अग्नि नियन्त्रकले उद्दार गरी तीन छोरीलाई अस्पताल पुर्‍याएका थिए भने बाबुआमा र छोराको निधन भइसकेको थियो ।

उनीहरुले संचालन गर्ने रेष्टुँराको किचनबाट आगो लाग्न सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष चक्र थापाले काफ्ले दम्पत्ति र छोराको निधन भएको पुष्टी गरे ।

काफ्ले नौ बर्ष पहिले न्यूजिल्याण्ड पुगेका थिए सन् २०१३ मा परिवारलाई लगेका थिए । १८ महिनाअघि काफ्लेले यो रेष्टुँरा किनेर क्रिस्टचर्चबाट त्यहाँ सरेका थिए । आगलागीको घटनापछि सानो आकारमा रहेको न्यूजिल्याण्डको नेपाली समुदायमा शोक छाएको छ ।

अनलाइनखबरबाट

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्