कोरियामा तलब वृद्धिको निर्णय पारित


 


काठमाडौं, साउन २१

दक्षिण कोरियाको संसदले सन् २०१६ का लागि प्रतिघण्टा ६०३० वन (करिब ६३८ रुपैयाँ) पारिश्रमिक बढाउने निर्णय पारित गरेको छ ।रोजगार तथा श्रम मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सबै र्फम, उद्योग, कलकारखानालगायत क्षेत्रमा कार्यरत मजदुर तथा व्यवसायीलाई यसबारे जानकारी गराएको हो ।

सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने यो पारिश्रमिक चालू वर्षको प्रतिघण्टा ५५८० वनभन्दा ८.१ प्रतिशतले बढी हो । यो वर्षका लागि ७.१ प्रतिशत बढाइएको थियो ।

न्यूनतम पारिश्रमिक वृद्धिसँगै रोजगार अनुमति प्रणाली इपीएस मार्फत कार्यरत १६ मुलुकका आप्रवासी र तल्लो श्रेणीका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुनेछन् । अाजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: २१ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्