खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या



गाईघाट, कात्तिक १४
उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् ।

इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन् ।

सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

भाउजू सुमनी सदाले भाइले दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा सुमनीको पनि हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इप्रका, रामपुरका प्रमुख सुवास राईले बताउनुभयो ।

दाजुको हत्यालगत्तै कृष्ण भने फरार रहेको र हाल प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News