विश्वकै अग्लो कुकुर, वर्षमा खान्छ १६ लाखको खान्की !


 


इंग्ल्यान्ड, कार्तिक १५

इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले कहिल्यै सोचेकी थिइनन् कि यो कुकुरलाई उनी आफ्नो घरमा ल्याउनेछिन् र ऊ ५ वर्षमा विश्वकै सबैभन्दा अग्लो कुकुर बन्नेछ । तर, उनले नसोचेको भयो । फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर बन्यो ।

क्लेरीले आफ्नो घरमा भित्राउँदा फ्रेडी अन्य सामान्य कुकुरजस्तै थियो । तर, जब उसको उचाइ निकै छिटोछिटो बढ्यो तब क्लेरी अचम्मित भइन् । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ ।

मोडल क्लेरीका अनुसार फ्रेडीले आमकुकुरकोभन्दा कैयौँ गुणा धेरै खान्छ । उसले पिनट बटरदेखि कैयौँ कुखुरा एकसाथ खान्छ । घरका सदस्यमध्ये सबैभन्दा धेरै खान्की नै उसैलाई चाहिन्छ । फ्रेडीले वार्षिक १५ हजार पाँच सय ३५ डलर अर्थात् करिब १६ लाख रुपैयाँको खाना खान्छ ।-एजेन‍्सी

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्