रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, ४ जनाको मृत्यु


 


बंगलादेश, कार्तिक १५

अत्याधिक धेरै यात्रु चढेको डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा मङ्गलबार कम्तीमा चारको मृत्यु भएको छ । म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन् । शाम्लापुर गाँउ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आईरहेको गाँउ हो ।

गत अगस्तदेखि म्यानमारबाट लाखौ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन् ।

“सानो डुङ्गामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो,” एक जना स्थानीय प्रहरी प्रमुख अबुल खैरले एएफपीसँग भने । रासस/एएफपी

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्