‘फ्रि भिसा फ्रि टिकट’ मा मलेसियाबाट ४७० जना नेपाली कामदार माग


 


क्वालालम्पुर, साउन २२

मलेसियाली रोजगारदाता कम्पनीहरुले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि भिसा फ्रि टिकट’ मा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएका छन् । मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपाली कामदार ल्याउन नेपाली दुतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेश गर्न थालेका हुन् ।

यहाँस्थित नेपाली दुतावासका अनुसार विभिन्न १७ कम्पनीले फ्रि भिसा फ्रि टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दुतावासमा पेश गरेको यहां स्थित नेपाली दुतावासले जनाएको छ । दुतावासले बिहीबार एक विज्ञप्ती प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्र उपर छानवीन गरि ती कम्पनीहरुको निरिक्षणपछि मागपत्र स्विकृत गरि पठाउने प्रक्रियामा रहेको जनाएको छ ।

सरकारले गत असार २१ गते ‘फ्रि भिसा फ्रि टिकट’मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो ।  अाजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्