भोजपुरमा पूरक परीक्षा दिँदादिँदै बच्चा जन्मियो


 


भोजपुर, साउन २२
एसएलसीको पूरक परीक्षा दिँदादिँदै भोजपुरमा एक परीक्षार्थीले बच्चा जन्माएकी छिन् । जनोदय उच्च मावि कोटकी विद्यार्थी मीना शेर्पाले यशोधरा उच्च माविको परीक्षा केन्द्रमा अहिले भर्खरै बच्चा जन्माएकी हुन् ।

उत्तरपुस्तिकामा भर्खर लेख्न शुरु गरेकी शेर्पालाई बच्चा जन्माउने ब्यथाले च्यापेपछि परीक्षाहल बाहिर निकालेर प्रसव गराइएको थियो । उनले छोरी जन्माएकी हुन् ।

उनको र बच्चाको स्वास्थ्य ठिक रहेको शेर्पाको परिवारले जानकारी दिएको छ । आज गणित विषयको परीक्षा चल्दैछ ।

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्