विश्वमाझ नेपाली झण्डा फहराउँदै अाइपुगिन् मिरा


 


mira 3भाेजपुर, साउन २२

विश्वमाझ नेपाली झण्डा फहराउँदै चर्चित अल्ट्रा धाविका मीरा राई बिहीबार नेपाल अाइपुगेकी छिन् । नेपाल अाेर्ले लगत्तै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।

मीराले हालै फ्रान्समा सम्पन्न ८० किलोमिटर दूरीको मोन्ट ब्लंक अल्ट्रा म्याराथनको उपाधि जितेकी थिइन्। उनले निर्धारित दूरी १२ घन्टा ३२ मिनट १२ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान पनि बनाएकी थिइन्।11041710_10153537108829747_2725670066508300411_n

उनले गत आइतबारमात्र नर्वेमा आयोजना भएको ४५ किलोमिटर दूरीको ‘स्काई रनिङ वर्ल्ड सेरिज’ मा दोस्रो भएकी थिइन्। मीराले यो सिजनमा इटाली, फ्रान्स र नर्वेमा आयोजित विभिन्न पाँचवटा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भइन्। मिरा भन्छिन् विश्व अल्ट्रा म्याराथन च्याम्पियन बन्दै नेपालको गौरव बढाउने लक्ष्य लिएकी छु ।

एशियन च्याम्पिन हुदै विश्व बिजेता बन्न सफल मिरा राईको अल्ट्रा म्याराथुनमा अहिले सम्मको सफलता 

– फ्रान्समा भएको ८० किलोमिटर अल्ट्रा म्याराथुन विश्व च्याम्पिनशीप, २६ जुन २०१५ मा १२ घन्टा ३२ मिनेट १२ सेकेण्डमा पुरा गरि – प्रथम स्थान

– हङकङमा भएको ५० किलोमिटर एशियन च्याम्पिन अल्ट्रा म्याराथुन प्रतियोगिता ७,फेब्रअरी २०१५ मा ५ घण्टा ३९ मिनेट ३१ सेकेन्डमा – प्रथम स्थान

– ईटालीमा भएको — ५७ किलोमिटर अल्ट्रा म्याराथुन प्रतियोगिता २६,आक्टोबर २०१४ मा ६ घण्टा ३० मिनेट ३२ सेकेन्ड – प्रथम स्थान

– ईटालीमा भएको- ८० किलोमिटर अल्ट्रा म्याराथुन प्रतियोगिता २८ सेप्टेम्बर २०१४ मा ९ घण्टा १६ मिनेट मा – प्रथम स्थान

– हङकङमा  ५ किलोमिटर अल्ट्रा म्याराथुन प्रतियोगिता ५ डिसेम्बर २०१४ मा ४८ मिनेट ३२ सेकेन्ड मा – प्रथम स्थान

-हङकङमा भएको ५० किलोमिटर अल्ट्रा म्याराथुन प्रतियोगिता २६ अक्टोबर २०१४ मा ५ घण्टा ३० मिनेट ३२ सेकेन्डमा – प्रथम स्थान

– नर्वेमा भएको, ४५ किलोमिटर अल्ट्रा म्याराथुन प्रतियोगिता २ अगस्ट २०१५ मा ७ गहनता २३ मिनेट मा – दोर्सो स्थान

– नेपालमा भएको, हिमालयन आउटडोर फेस्टिवल ५० किलो मिटर अल्ट्रा म्याराथुन प्रतियोगिता – २०१४ /३ /२३ मा – प्रथम स्थान

– नेपालमा भएको, मुस्तांग ट्रायलरेस अल्ट्रा म्याराथुन प्रतियोगिता २०१४ अप्रिल – १९२ किलो मिटर २२ घण्टा ३४ मिनेट ३० सेकेन्डमा – प्रथम स्थान

– नेपालमा भएको, द नथ्फेस काठमाडौँ अल्ट्रा म्याराथुन प्रतियोगिता २०१५/३/१ मा ५० किलो मिटर -प्रथम स्थान

– नेपालमा भएको, हिमालयन आउटडोर फेस्टिवल ५० किलो मिटर अल्ट्रा म्याराथुन प्रतियोगिता – २०१५ / ३/ २१ मा – प्रथम स्थान

मिरा राई सम्बन्धि यी समाचारहरु पनि हेर्नुहोस्

विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा

भोजपुरे छोरीले राखिन नेपालको शान (फोटो फिचर सहित)

विश्वमाझ चम्केकी भोजपुरे छोरीको यस्तो छ सफलताको कथा

क्यानाडाको अल्ट्रा म्याराथनमा भोजपुरकी मीरा चौथो

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्