मोदीद्वारा कांग्रेसलाई डरलाग्दो प्रहार, भने– कांग्रेस ‘धमिरा’ हो



नयाँ दिल्ली, कात्तिक १९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिनुभएको छ ।

उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गर्नुभएको हो ।

भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “यदि तपाईले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।”

तपाईँले सरकार मात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाई गर्न जरुरी छ, भारतीय प्रधानमन्त्रीले भन्नुभयो ।

हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा उहाँले हिमाञ्चलबासीलाई सम्बोधन गर्न त्यहाँ पुग्नुभएको हो । हिमाञ्चल राज्य सरकारमा अहिले कँग्रेसको नेतृत्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News