बसबाट खस्दा सहचालकको मृत्यु



भक्तपुर,  कात्तिक २१

अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका चुनदेवीमा आज बसबाट खसेका सहचालकको मृत्यु भएको छ ।

काठमाडाँैबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख. ४०९८ नम्बरको बसबाट सोही बसमा काम गर्ने सहचालक सिन्धुपाल्चोक सांगाचोक ११ का अनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएको गिरीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News