भोट माग्न पुगेका उम्मेदवारले बारी जोत्न थालेपछि…
पर्वत, कार्तिक २१
प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा उमेदवारी दर्ता गरेर नेताहरु चुनावी दौडमा लागेका छन् । नेता भोट माग्न घरदैलोमा त पुग्ने नै गर्छन् । कार्यक्रमसभा पनि गर्छन् नै ।
पर्वतका उमेदवार भोट माग्न जाँदा घरमा मतदाता नभेटेपछि जोतिरहेको बारीमै पुगेर मत मागेका छन् । उनले मत मात्रै मागेनन् माला अविर लगाएकै अवस्थामा हलो जोत्नै थाले ।

उनी हुन् बाम गठबन्धनबाट पर्वतको प्रदेश क्षेत्र नं १ बाट उमेदवार बनेका माओवादी पोलिटब्यूरो सदस्य नेत्र अधिकारी ।
प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलबार
















