राजालाई गाली गर्दा ३० वर्ष जेल !


 


बैंकक, साउन २३

राजाको अवहेलना गरेकोे अभियोगमा थाई सैन्य अदालतले एक पुरुषलाई ३० वर्ष र एक महिलालाई २८ वर्ष जेल सजाय सुनाएको छ ।थाइल्याण्डमा राजा भूमिबल अदुल्यादेजको आलोचना गर्न नपाइने कानुनअनुरुप सबैभन्दा कडा सजाय यसपटक दिइएको हो ।

सामाजिक संजाल फेसबुकमा लेखमार्फत राजालाई गाली गरेको भन्दै ती पुरुष र महिलालाई हदैसम्मको सजाय सुनाइएको हो । गत वर्ष कु भएयता राजालाई गाली गर्न नपाइने कानुन व्यापक हिसावले सक्रिय पारिएको छ । अाजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्