६ बर्षीया बालिका करणी गरी फरार अभियुक्त पक्राउ
सुरुङ्गा(झापा),कात्तिक २२
पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले आज पक्राउ गरेको छ ।
बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए । उनलाई आज नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पेट दुखेर अस्पातल पु¥याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए । कात्तिक ४ गते छिमेकी छ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए ।
प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार
















