ब्रिटेनकी विवादित मन्त्री पटेलले दिइन् राजिनामा



काठमाडौंं, कार्तिक २३

अनधिकृत रुपमा इजरेली नेताहरुलाई भेटेकाले विवादमा परेकी ब्रिटेनकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रीत‌ि पटेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।

बुधबार अबेर अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रीट गएर प्रधानमन्त्री टरीजा मेलाई आफ्नो राजीनामा बुझाएकी थिइन्।

पटेलले राजीनामा नदिएको भए मेले उनलाई बर्खास्त गर्ने अडकलवाजी गरिएको थियो। गत अगष्ट महिनामा इजरेलमा छुट्टी मनाउन गएको बेला मन्त्री पटेलले इजरेली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहु लगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको भर्खरै खुलासा भएको थियो।

तर उनले यसबारे ब्रिटिश विदेश मन्त्रालय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएकी थिइनन्। आफ्नो व्यवहारबारे उनले क्षमा मागेकी थिइन्।

तर इजरेली अधिकारीहरुसंग पटक पटक भेटेको खुलासा भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन्। उनी ब्रिटेनले युरोप छाडनु पर्छ भन्ने अभियानकी एक कट्टर समर्थक पनि थिइन्। ४५ वर्षीय पटेलका बाबुआमा भारतीय मूलका हुन्। पटेल एक साताभित्र राजीनामा दिने दोश्रो ब्रिटिश मन्त्री हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News