सीमांकनसहित ६ प्रदेशमा सहमति


 


काठमाडौं, साउन २३

प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले बतायो । सहमति भएपनि सो विषयमा हस्ताक्षर भने भएको छैन ।

अहिले आठ बजे संवाद समितिको बैठकले सो निर्णय अनुमोदन गर्ने स्रोतले बतायो । दलहरुबीच सीमाकंनसहितको ६ प्रदेशमा सहमति भएपछि संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
दलहरुबीच भएको सहमति अनुसार प्रदेशको सीमाकंन यस्तो छ ।
प्रदेश १
मेची कोसीका सबै जिल्लाकासाथै सगरमाथाका सोलुखुम्बु, खोटाङ , ओखलढुंगा र उदयपुर
प्रदेश २
सप्तरी देखि पर्सासम्म
प्रदेश ३

बर्दियादेखि दाउन्नेसम्म, लुम्बिनी अंचलका सबै पहाडी जिल्ला
प्रदेश ४
बागमती अंचलका सबै जिल्लाकासाथै नारायणी अंचलका मकवानपुर, चितवन र जनकपुरका अंचलका सिन्धुली, रामेछाप र दोलखा
प्रदेश ५
गण्डकी, धौलागिरी र नवलपरासीको दाउन्नेदेखि पूर्वको भाग
प्रदेश ६
महाकाली, कर्णाली र भेरी अंचलका पहाडि जिल्ला प्रदेश

प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्