रुखको मुढा लागेर एक जनाको मृत्यु



विराटनगर,  कात्तिक २८

खोटाङमा रुखको मुढा लागेर एक जनाको मृत्यु भएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–९ बस्ने नरबहादुर राईका १४ वर्षीय छोरा दीपकको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सो वडास्थित जंगलमा दाउरा खोज्न डिगेम्पा राई र दीपक सोही जंगलमा गएका थिए । डिगेम्पाले माथिबाट रुखको मुढा लडाउँदा ढुंगामा लागेर उछिट्टिँदा दीपकको टाउको र चिउँडोमा लागेको बताइएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा भर्ना गरिएपछि उपचारका लागि काठमाडौंँ लैजाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News