कोरियाबाट फर्केका ८० प्रतिशत स्वरोजगार


 


काठमाडौं, साउन २४

दक्षिण कोरियामा काम गरेर फर्केकामध्ये ८० प्रतिशत स्वरोजगार रहेको पाइएको छ । दक्षिण कोरिायमा निकै मेहनत गर्ने बानी विकास भएकाले अधिकांशलाई फर्किएपछि पनि उत्पादनमूलक तथा आयआर्जनका काममा लाग्ने उत्प्रेरणा मिलेको हो ।

फर्किएकामध्ये ६३ प्रतिशतभन्दा बढीले आफै आफैंले विभिन्न किसिमका उद्योगव्यवसाय सञ्चालन गरेका छन्। कतिपयले भने कृषि र पशुपालन व्यवसायतर्फ लागेका छन् ।

सरकारले कोरियाबाट फर्केका कामदारको वास्तविक अवस्था पत्ता लगाई उनीहरुलाई रोजगारका कार्यक्रम सञ्चालन गर्न के गर्न सकिन्छ भनेर गरेको एक अध्ययनले कोरियाबाट फर्केका ८० प्रतिशतभन्दा बढी युवा कुनै न कुनै काममा आबद्ध भएको देखाएको हो । अाजको अन्नपूर्ण पाेष्टमा खबर छ

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्