भोजपुरमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु
भोजपुर, मंसिर २
भोजपुरको पौवादुम्मा गाउपालिका – १ हिलेभञ्याङ्गमा ट्याक्टरबाट लडेर सहचालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका –८ वासीखोराका ४० वर्षिय विरधन राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उनको शुक्रवार वेलुका ७ वजे क २ त ५६ ५१ नम्वरको ट्याक्टरले किच्दा घटना स्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।
उनि लडेपछि ट्याक्टरको चक्काले उनलाई किचेको थियो । घटना पछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार
















