भोजपुरमा भालुको आक्रमणबाट एक जना घाइते


 


rabahadur raiभोजपुर, साउन २५

भाेजपुरकाे दोभानेमा जंगली भालुको अाक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।  दाेभाने ८ फेदी मोरेदाेका रामबहादुर राई घाइते भएका हुन् ।

शुक्रबार दाेभाने–८ कै बिल्बाटे नजिक जङ्गलमा घाँस काट्न जादा भालुले राईलाई अाक्रमण गरेको थियो । आक्रमणको दुई दिन पछि उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । शनिबार नै उपचारका लागि काठमाडौं लाने तयारी भए पनि खराब माैषमका कारणा हेलिक्पटर अवतरण हुन सकेको थिएन् ।

उनको काठमाडौं चाबहिल स्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार सुरु भएको छ । अस्पताल स्रोतका अनुसार राईको स्वास्थ्यमा सुधार आइरहेको र उनी जोखिममुक्त रहेको बुझिएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्