बिहानै कांग्रेस उम्मेदवारको गाडीमा कुकर बम विस्फोट



काठमाडौं, मंसिर ४

बारामा कांग्रेसका एक उमेदवार चढ्ने गाडीमा आज बिहानै बम विस्फोट गरिएको छ । बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उमेदवार ओमकृष्ण कार्कीको बा १४ च ६३३० नम्बरको स्कोरपियो गाडीमा कुकर बम विस्फोट गराइएको हो ।

चालकको घरमा रोकिराखेको गाडीमा बिहानै साढे ५ बजे बम विस्फोट गराइएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्