भोजपुरमा मतदान अधिकृतलाई तालिम



भोजपुर, मंसिर  ४
भोजपुरमा सोमवारबाट मतदान अतिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।

तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ३ सय १० जना सहभागी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तालिम ६ गते सम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । तालिमका सहभागीहरुलाई मतदान गर्ने तरिका, मतदात केन्द्र वनाउने तरिका, आचरसंहिता, सुरक्षा लगायतको विषयमा सिकाइने पोखरेलको भनाई छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरी ११ सय ८४ जना कर्मचरी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एउटा केन्द्रमा आठ जनाको दरले कर्मचारी खटिने छन् । मंगलवारबाट दुरीको आधारमा कर्मचारीलाई आवश्यक सामग्री दिएर कर्मचारीलाई कार्य क्षेत्रमा खटाउने तयारी भईरहेको सहायक मतदान अधिकृत मणिराम पोखरेलले वताए ।

पहिलो चरणमा आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकाको १ र २ र टेम्केमैयुङ्ग गाउँपालिकाको ३, ४ ,५, ९ वडाका मतदान अधिकृतलाई मंगलवार निर्वाचन सामग्री जिम्मा लगाइने पोखरेलको भनाई छ ।

भोजपुरमा पहिलो चरण अन्तर्गत मंसिर १० मा निर्वाचन हुदै छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News