नेपाली चेलीले अमेरिकामा जितिन मिस इन्टरनेशनलको उपाधि


 


काठमाडौं, मंसिर ४
नेपाली चेलीले अमेरिकामा मिस इन्टरनेशनलको उपाधि जितेकी छन् । अमेरिकाको ओक्लहोमा स्टेट युनिभर्सिटीमा आयोजित मिस्टर एण्ड मिस इन्टरनेशनल २०१७ प्रतियोगितामा नेपालकी रिभा नायजुले मिस इन्टरनेशनलको उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै नायजुले पाँच सय अमेरिकी डलर समेत प्राप्त गरेकी छन् । नायजु सो युनिभर्सिटीमा ग्राफिक डिजाइन बिषयमा स्नाकोत्तर गर्दे छिन् ।

प्रतियोगितामा भारत, चीन, नाइजेरिया, श्रीलंका लगायत देशका विद्यार्थीहरुको सहभागीता थियो ।

उपाधि हात पारेकी नायजुले तीन मिनेट भित्र सगरमाथा र मन्दिरहरुको चित्र बनाएर दर्शक तथा निर्णायकहरुको मन जित्न सफल भएकी थिइन ।

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्